मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंक र ई–स्टपबिच छुट सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२७:oo

एनआइसी एसिया बैंक र ई–स्टप नेपालबिच बैंकका ग्राहकलाई छुट प्रदान गर्न सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि बैंकका ग्राहकले ई–स्टप नेपालले उपलब्ध गराएका रेस्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट पाउनेछन् । 

ई–स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेस्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दै खानामा छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्दा उक्त छुट पाइने बताइएको छ । यस सहकार्यले डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।