मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३२ बुधबार २१:२o:oo
Read Time : < 1 मिनेट
समाचार

हत्या गरी फरार रहेका व्यक्ति २९ वर्षपछि पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार २१:२o:oo

हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले २९ वर्ष तीन महिनापछि पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा तनहुँ साबिक भानुमती गाउँ विकास समिति–९ हाल भिमाद नगरपालिका–८ बस्ने ५१ वर्षे फिरोज भन्ने फत्तबहादुर शाही रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।

शाहीले २२ चैत ०५२ मा तनहुँ, साबिक ढोरफिर्दी गाविस–८ र भानुमती गाविस–७ राईपुरको सिमानामा पर्ने क्यांदी खोला र बरखोलाबिच जरेबरमा लागेको मेलामा महिलाको विषयमा सामान्य विवाद हुँदा सोही स्थान बस्ने चित्रबहादुर खाणलाई खुकुरी तथा छुरी प्रहार गरी हत्या गरेका थिए। यस मुद्दामा तनहुँ जिल्ला अदालत दमौलीबाट २८ माघ ०६० मा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्ष कैद सजाय तोकेको थियो।

हत्यापछि फरार रहेका र अदालतले सजाय तोके पनि शाही फरार रहेको अवस्थामा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्रहरी टोलीले स्याङ्जाको चापाकोट नगरपालिका–४, घुर्लिचौरमा लुकिछिपी बसेको अवस्थामा शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको मगरले जानकारी दिए। पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाइएको मगरले जानकारी दिए।