
ललितपुर प्रहरीले मोरङ जिल्ला पथरी बस्ने दीपक लिम्बूकाे कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका– १० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ। ०७६ चैत ९ गते कर्तव्य गरी फरार रहेका दोर्जेलाई ललितपुर महानगरपालिका– २२ बुङमतीबाट मंगलबार पक्राउ गरी आजै मोरङ पठाइएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।
विगत ६ वर्षदेखि फरार भएका तामाङलाई सुराकीको आधारमा निजकी दिदी अनु तामाङको निवासबाट प्रहरी प्रभाग भैँसीपाटीका इन्चार्ज एवं प्रहरी निरीक्षक शशिधर शर्मा नेतृत्वको टोलीले पक्राउ गरेको थियो ।
आफ्नो स्थायी ठेगानासमेत बदली लुकिछिपी बसेको अवस्थामा उनी पक्राउ परेका प्रवक्ता जोशीले बताए। उनका अनुसार मानबहादुर लिम्बूको जाहेरीका आधारमा ०७७ वैशाख ३ गते निजमाथि पक्राउ पुर्जी जारी भएको थियो ।