मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३२ बुधबार १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा अवैध रूपमा डिजेल बेच्ने एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार १९:५८:oo

नवलपुरको देवचुली नगरपालिका– १, दुम्कौलीमा अवैध रूपमा डिजेल बिक्री गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुम्कौलीमा अवैध रूपमा डिजेल बिक्री गर्ने देवचुली– १७, फारमनिवासी प्रेमप्रसाद पौडेललाई पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट डिजेलसहित भरेको २० लिटरको १८ वटा ग्यालेन र १० लिटरको एउटा ग्यालेन गरी ३ ७० लिटर डिजेल बरामद गरेको छ।

त्यसैगरी, २० लिटरको ३१ वटा खाली ग्यालेन पनि बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका पौडेललाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ। नवलपुरमा पम्प नभएको बजारहरूमा पसल-पसलमा बोतलमा भरेर डिजेल तथा पेट्रोल बिक्री हुँदै आएको छ। 

ट्रकचालकले गाडीबाट निकालेर सस्तोमा बेचेको डिजेल किनी अरू ट्रकचालकलाई बिक्री- वितरण गरेको हुन सक्ने आशंकामा अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए। पक्राउ परेका पौडेललाई कालो बजारीसम्बन्धी ऐनअनुसार कारबाही गर्ने प्रहरीको तयारी छ।