
ताप्लेजुङका प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक वर्षमा दुई लाख १७ हजार ७७६ जना दर्शनका लागि पुगेका छन्। पाथीभरा क्षेत्रमा भएको आन्दोलनका बाबजुद ०८१/८२ मा उक्त संख्यामा दर्शनार्थी आएका हुन्।
आर्थिक वर्षको सुुरु अर्थात् १ साउन ०८१ मा एक हजार ९५५, भदौमा नौ हजार ९३९, असोजमा पाँच हजार ९४९, कात्तिकमा ६१ हजार १७३ जना, मंसिरमा २१ हजार १८० जना, पुसमा ६ हजार ४२७ जना, माघमा चार हजार २४९ जनाले पाथीभराको दर्शन गरेको निर्देशक हाङबाङले बताए । त्यस्तै, फागुनमा सात हजार ४२८ जना, चैत्रमा ४० हजार ४३५ जना, २०८२ वैशाखमा ३८ हजार १७० जना, जेठमा १६ हजार २१० जना र असारमा चार हजार ७६१ जना पाथीभरा पुगेको उनको भनाइ छ ।
पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष ०८१/८२ मा तीन करोड ११ लाख ६४ हजार ६७६ रुपैयाँ संकलन भएको जनाएको छ। उता, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा दुई लाख ३१ हजार ३३४ जनाले दर्शन गरेको बताए। सो अघिल्लो आर्थिक वर्षमा तीन करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ भेटी संकलन भएको निर्देशक हाङबाङले बताए।