मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिडियाको आवरणमा नक्कली नोट तथा  लागुऔषधको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५४:oo

सुर्खेतमा सञ्चारमाध्यामको आवरणमा नक्लली नोट उत्पादन र लागुऔषधको अवैध कारोबार हुने गरेको खुलेको छ।

प्रहरीले घटनामा संलग्न पाँचजनासहित १२ लाख ९३ हजार रुपैयाँ नक्कली नोट र ३०.६७२ किलो अफिम बरामद गरेपछि यो तथ्य खुलेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्ने जाजरकोट कुशे गाउँपालिका–५ का २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, कुशे गाउँपालिका–७ का ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर विक र कालिकोट नरहरीनाथ नगरपालिका–११ का ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।

पक्राउमध्ये मनबहादुरले बाँके कोहलपुर नगरपालिका–११ न्युरोडमा जनगर्जन नेटवर्क नामको मिडिया चलाउँदै आएका छन्। प्रहरीले उनको कार्यालयबाट नक्कली नोट उत्पादन गर्ने मेसिनसहित ५१ हजार नक्कली नोट बरामद गरेको जनाएको छ।

त्यस्तै, प्रहरीले सोही कार्यालयबाट १५ वटा पोका बनाइएको १९.३०० किलो अफिम पनि बरामद गरेको छ। १२ लाख ३६ हजार नक्कली नोट भने पक्राउ परेका रामबहादुर  र दिलमायाको डेराबाट बरामद भएको हो। उक्त नोट मनबहादुरकै कार्यालयमा राखिएको मेसिनबाट उत्पादन भएका थिए। सोही घटनामा जोडिएका प्रेमबहादुरको डेराबाट प्रहरीले ११.३७२ किलो अफिम बरामद गरेको छ।