मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से दोहोरो अंकले बढ्दा साढे नौ अर्बको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५o:oo

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ३४.४६ अंकले बढेर दुई हजार ७६०.१७ विन्दुमा कायम भएको हो। क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले बढेको छ।

आज नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। दुई करोड ६५ लाख १७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँको सेयर किनबेच भएको हो। अघिल्लो दिन सात अर्ब ९२ करोडको सेयर कारोबार भएको थियो।

आज म्युचल फन्ड स्थिर हुँदा बाँकी सबै समूहको सूचक बढेका छन्। बैंक, विकास बैंक, वित्त, जलविद्युत्, लगानी र लघुवित्त एक प्रतिशतभन्दा धेरैले बढ्दा बाँकी समूह एक प्रतिशतभन्दा थोरैले उकालो लागेका हुन्।

आज सर्वाधिक बढेको सुपर मादि हाइड्रोपावरका लगानीकर्ताले आठ प्रतिशतभन्दा धेरै कमाएका छन्। त्यस्तै, राप्ती हाइड्रो, विन्ध्याबासिनी हाइड्रो, ओम मेगाश्री फर्मास्युटिकल्सलगायत पाँच प्रतिशतभन्दा धेरैले बढेका छन्।

भगवती हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। यो कम्पनीको चार प्रतिशतभन्दा धेरैले मूल्य घटेको छ।