मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Wednesday, 16 July, 2025
२o८२ असार ३० सोमबार o९:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मेसीले तोडे आफ्नै रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o९:१६:oo

अर्जेन्टिनी कप्तान लिओनल मेसीले मेजर लिग सकर (एमएलएस)मा नयाँ रेकर्ड राखेका छन् । मेसीले लगातार पाँचौँ खेलमा एकभन्दा बढी गोलको कीर्तिमान बनाएका हुन् । यसअघि उनले लगातार चार खेलमा एक गोलभन्दा बढी गोलको रेकर्ड राखेका थिए ।

उनले आफ्नै रेकर्ड तोडेका छन् । मेसीकै उत्कृष्ट प्रदर्शनमा इन्टर मियामीले न्यासभिललाई २–१ ले पराजित गर्‍यो । सो खेलमा उनले दुई गोल गरेका थिए । खेलको १७औँ मिनेटमा मेसीले सटीक फ्रिकिक गोल गरेका थिए । खेलको ६२औँ मिनेटमा उनले मियामीका लागि विजयी गोल ठोके ।

लिगमा उनले १६ खेलमा १६ गोल गर्दै एमएलएसको सर्वाधिक गोलकर्ताको सूचीमा न्यासभिलकै साम सरिजसँग बराबरीमा छन् । मेसीले कीर्तिमानी बनाउने क्रममा पाँचै खेलमा समान दुई गोल गरेका छन् । यो जितसँगै मियामी पूर्वी क्षेत्रको अंकतालिकाको अग्र स्थानमा छ ।