मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Wednesday, 16 July, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८२ असार ३० सोमबार o८:o२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड

अरू ५ महानगरले समयमै बजेट ल्याए, आन्तरिक विवादका कारण काठमाडौंको बजेट आइतबार मात्रै सार्वजनिक

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o८:o२:oo

मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको नीति कार्यक्रममा उद्यमशील केन्द्र स्थापना गर्ने, सार्वजनिक पुस्तकालय तथा खुला सिकाइ केन्द्र निर्माण गर्ने, बालबालिकालाई पोषणयुक्त आहारको व्यवस्था गर्ने, आधारभूत स्वास्थ्य सेवालाई थप व्यवस्थित गर्नेलगायतका कार्यक्रमलाई प्राथमिकता

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । विवादका कारण रोकिएको नीति तथा कार्यक्रम र बजेट आइतबार महानगरको १७औँ अधिवेशनमा पेस गरिएको हो । नीति तथा कार्यक्रम मेयर बालेन्द्र शाहले प्रस्तुत गरे भने उपमेयर सुनीता डंगोलले बजेट पेस गरिन् । 

महानगरपालिकाले पेस गरेको बजेटका लागि सञ्चित कोषमा २५ अर्ब ११ करोड ४१ लाख ४१ हजार जम्मा हुने जनाएको छ । अपुग ६५ करोड रुपैयाँ बाह्य व्ययभारबाट जुटाउने उल्लेख छ । महानगरको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरेको छ । 

त्यस्तै, प्रदेश सरकारबाट ससर्त, समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट चार अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले आगामी आर्थिक वर्षमा उद्यमशील केन्द्र स्थापना गर्ने, सार्वजनिक पुस्तकालय तथा खुला सिकाइ केन्द्र निर्माण गर्ने, बालबालिकालाई पोषणयुक्त आहारको व्यवस्था गर्ने, आधारभूत स्वास्थ्य सेवालाई थप व्यवस्थित गर्नेलगायतका कार्यक्रम पेस गरेका थिए ।  

पूर्वाधार र आर्थिक–सामाजिक क्षेत्रमा धेरै बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ ५१ प्रतिशत (१२ अर्ब ८० करोड ८३ लाख १४ हजार), आर्थिक विकासमा ७५ करोड ३४ लाख ३० हजार, सामाजिक विकासमा २० प्रतिशत (पाँच अर्ब दुई करोड २८ लाख ६८ हजार), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ  १२ प्रतिशत (तीन अर्ब एक करोड ३७ लाख २१ हजार) र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत (तीन अर्ब ५१ करोड ६० लाख आठ हजार) रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

पूर्वाधार विकाससँगै फोहोरमैला 
व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवद्र्धन, सहरी स्वास्थ्य, एक वडा एक उद्यमशीलतालगायत कार्यक्रमलाई प्राथमिकतामा राखिएको उपमेयर डंगोलले बताइन् ।  

राजस्वमा हेरफेर: डेन्टल क्लिनिकको कर बढ्यो, परामर्श सेवा दायरामा
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करको दरमा सामान्य हेरफेर गरेको छ । केही शीर्षकमा विगतमा लगाउँदै आएको कर कटौती, केही वृद्धि र केही नयाँ क्षेत्रमा कर लगाएको हो । महानगरपालिकाका राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार करका नयाँ क्षेत्रको खोजी गरिएको छ भने कतिपय क्षेत्रमा लगाउँदै आएको कर हटाइएको छ । कर वृद्धि गरिएको क्षेत्रमा डेन्टल क्लिनिक, डाइग्नोटिक सेन्टरलगायत हुन् । यसपटकदेखि अनलाइन व्यवसायसँग सम्बन्धित क्षेत्र, चस्मा पसललगायतलाई कर लगाउन थालिएको छ ।