मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३० सोमबार
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३० सोमबार o८:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अब नागरिक एपबाटै ट्राफिक सचेतना कक्षा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३० सोमबार o८:४६:oo

 ट्राफिक नियम उल्लंघन गर्नेले अनलाइनबाटै ट्राफिक कक्षा लिन सक्ने भएका छन् । नेपाल प्रहरीले ‘नागरिक एप’मा यससम्बन्धी सुविधा दिएको छ । गृहमन्त्री रमेश लेखकले यस्तो प्रणालीको आइतबार उद्घाटन गरेका छन् । यसले सर्वसाधारण ट्राफिक सचेतना कक्षा लिन ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्नेछ ।

प्रहरी प्रधान कार्यालयले ज्ञानबजार प्रालि नामक कम्पनीसँग मिलेर यससम्बन्धी सफ्टवेयर बनाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार यस्तो कक्षा लिन नागरिक एप अनिवार्य हुन्छ । ट्राफिक कारबाहीअनुसार जरिवाना तिरेपछि त्यहाँ आफ्नो दुवै कान प्रस्ट देखिने फोटो खिचेर अनलाइन कक्षाका लागि रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ । त्यसपछि एक घण्टा कक्षा लिनुपर्ने हुन्छ ।

कक्षा सकिएपछि ६ वटा प्रश्नमध्ये तीनवटाको सही उत्तर मिलाएपछि मात्र सचेतना कक्षाको प्रक्रिया पूरा हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले बताए । अनलाइन सचेतना कक्षा लिँदा एआइजी प्रविधिका आधारमा नागरिक एपले नियमन गर्नेछ । एक मिनेटभन्दा धेरै समय अनुहार भिडियोमा नदेखिए सचेत गर्ने र तेस्रोपटक त्यस्तो गल्ती गरेमा अर्काे कक्षा लिनुपर्ने हुन्छ । त्यसपछि पनि त्यस्तै समस्या भएमा भौतिक रूपमै कक्षा लिनुपर्ने हुन्छ । प्रहरी सेवालाई प्रविधिमैत्री बनाउने योजनाअन्तर्गत अनलाइन ट्राफिक सचेतना कक्षा सुरु गरिएको प्रहरी महानिरीक्षक दीपक थापाले बताए ।