मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

इ–राहदानीको ठेक्का  जर्मन कम्पनीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o३:oo

राहदानी विभागले इ–राहदानी आपूर्तिका लागि दुई जर्मन कम्पनीलाई ठेक्का दिएको छ । सार्वजनिक टेन्डर प्रक्रियामा मुएलबाउर र भेरिडोस जर्मन कम्पनीले फ्रेन्च प्रतिस्पर्धी आइडिमियाभन्दा एक करोड २० लाख अमेरिकी डलर सस्तो मूल्य प्रस्ताव गर्दै प्रतिस्पर्धा जितेका छन् । यद्यपि, टेन्डरबारे प्रश्न उठाउँदै सार्वजनिक खरिद अनुगमन कार्यालय र सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

कानुनी निरूपण शीघ्र नभए राहदानी वितरणमा समस्या आउन सक्ने विभागका अधिकारीहरूको चिन्ता छ । मुएलबाउर कम्पनीले प्याकेज १ (डाटा इनरोलमेन्ट)का लागि एक करोड १० लाख अमेरिकी डलर प्रस्ताव गर्दै ठेक्का हात पारेको छ भने भेरिडोसले प्याकेज २ (इ–राहदानी आपूर्ति तथा वितरण)का लागि चार करोड ३९ लाख ४१ हजार ३८१ अमेरिकी डलर प्रस्ताव गरेर जितेको छ ।

दुवै प्याकेजको संयुक्त प्रस्ताव मूल्य करिब ५५ मिलियन अमेरिकी डलर छ । राहदानी विभाग स्रोतका अनुसार फ्रेन्च प्रतिस्पर्धी कम्पनी आइडिमियाले प्याकेज १ का लागि एक करोड ७० लाख डलर र प्याकेज २ का लागि पाँच करोड डलर प्रस्ताव पेस गरेको थियो । मूल्यमा धेरै अन्तर देखिएपछि राहदानी विभागले जर्मन कम्पनीहरूलाई ठेक्का दिने निर्णय गरेको हो ।

आइडिमियाले विभागको निर्णयलाई चुनौती दिँदै सार्वजनिक खरिद पुनरावलोकन समितिमा ठेक्का पुनरावलोकनको माग दर्ता गरेको छ । आइडिमिया समर्थित एक कानुनी फर्मले विभागको टेन्डर प्रक्रियाविरुद्ध सर्वोच्चमा दायर गरेको सार्वजनिक हित मुद्दा सुनुवाइ हुने क्रममा छ । राहदानी विभागले सबै प्रक्रिया खुला प्रतिस्पर्धा र मूल्यका आधारमा निर्णय गरिएको स्पष्ट पार्दै आएको छ । टेन्डरबारे कानुनी अड्चन उत्पन्न भएमा इ–राहदानी आपूर्ति प्रभावित हुनेछ भने राहदानी सेवामा संकट आउने सम्भावना रहेको अधिकारीहरू बताउँछन् । हाल राहदानीको मासिक खपत एक लाख २० हजार नाघिसकेको छ ।