मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार २९ आइतबार ११:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार ११:५३:oo

प्रधानमन्त्री केपी ओलीले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज आदिकवि आचार्यको जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भने, ‘आदिकवि भानुभक्त आचार्य जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो, नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना।’

आदिकवि आचार्यको जन्मदिनका अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।