मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
२o८२ असार २९ आइतबार १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी राजमार्ग दुईतर्फी अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार १९:४४:oo

बिपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। आइतबार बेलुकी साढे ६ बजेतिर काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, पिन्थली बिरुवाडाँडा र कालढुङगास्थित सडक खण्डमा खहरे खोलाबाट लेदो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार बिपी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन प्रहरी परिचालन भएको प्रहरी कार्यालयले जानकारी दिएको छ।

मनसुनजन्य विपत् न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले बेलुकी ६ः३० बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाएको छ।