१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिला निर्माण व्यवसायी लामालाई रिहा गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४६:oo

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी मञ्जु लामामाथि अभद्र व्यवहार गर्दै निन्दनीय रूपमा हिरासतमा थुनाइएको दाबी गर्दै उनलाई तत्काल रिहाइ गर्न माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै महिला निर्माण व्यवसायी लामालाई तत्काल रिहाइ गर्न माग गरेको हो । महासंघले निर्माण उद्योगमा संलग्न व्यवसायीको सुरक्षाका विषयमा सरोकारवाला निकाय गम्भीर नभएको दाबीसमेत गरेको छ ।

मकवानपुर जिल्लाको सहरी विकास तथा भवन कार्यालय र दोलखा काली भुमे कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिबिच ठेक्का सम्झौता भई कार्य भइरहँदा महिला निर्माण व्यवसायी लामामाथि अभद्र व्यवहार भएको भन्दै महासंघले आपत्ति जनाएकको हो । हेटौँडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देलले १९ असारमा लामामाथि अभद्र व्यवहार गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा थुनाउने कार्य गरेको घटनाको भत्र्सना गर्दै महासंघले त्यसप्रति खेद व्यक्त गरेको छ ।

‘सम्बन्धित कार्यालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाई आपसी संवादमार्फत निष्पक्ष छानबिन गरी समस्या समाधान गर्नुपर्नेमा वडा अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट निर्माण कार्य तीव्र रूपमा गर्नुपर्ने अहिलेकै सिजनमा महिला निर्माण व्यवसायीउपर भएको यस किसिमको हर्कतबाट जनप्रतिनिधिमा सत्ता उन्माद भई कानुनी शासनको उपहास गरिएको महासंघको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ ।