१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १७:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी घिमिरेसहित दुई पत्रकार पुरस्कृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले नयाँ पत्रिकाकर्मी चिरञ्जीवी घिमिरेसहित दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ। नयाँ पत्रिकाकर्मी घिमिरे र पत्रकार अम्बिका भण्डारीलाई आइतबार नारी सञ्चार गृह झापाले बिर्तामोडमा आयोजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमका बिच पुरस्कृत गरिएको हो।

घिमिरेलाई नगद २५ हजार राशीको नारी सञ्चार युवा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । झापामा रहेर पत्रकारिता गर्दै आएका घिमिरेले पत्रकारितामार्फत महिला हिंसासँगै समाजमा हुने सबै प्रकारका विभेद र अन्यायविरुद्ध आवाज उठाएको भन्दै पुरस्कृत गरिएको पुरस्कार छनोट समिति संयोजक सावित्रा दाहालले जानकारी दिइन्।

युवा पत्रकारिता पुरस्कार महिलाको विषयमा कलम चलाउने एकजना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको र प्रत्येक दुई वर्षमा महिला तथा पुरुष पत्रकारलाई पुरस्कृत गरिने नारी सञ्चार गृहले जनाएको छ। नयाँ पत्रिकामा घिमिरेले लेखेका महिला हिंसाविरुद्धका तीन उत्कृष्ट समाचार स्टोरीलाई छनोटमा राखिएको थियो।

यस्तै, नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार पत्रकार अम्बिका भण्डारीलाई प्रदान गरिएको छ । पत्रकार भण्डारीलाई सम्मानपत्रसहित नगद एक लाख एक हजार एक सय राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत भण्डारी झापाली महिला पत्रकारहरूको छाता संस्थाको रूपमा स्थापित नारी सञ्चार गृहको पूर्वअध्यक्ष समेत हुन् भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष पनि हुन्।

नारी सञ्चार गृह झापाले नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको सम्मानमा ‘नारी सञ्चार साधनासम्मान पत्रकारिता पुरस्कार’ स्थापना गरी वितरण गरेको हो । यो पुरस्कार महिला पत्रकारलाई मात्रै प्रदान गरिने नारी सञ्चार गृह झापाकी पूर्वअध्यक्ष भीमा सिवाकोटीले जानकारी दिइन् ।

विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी नारी सञ्चार गृहकी संस्थापक सावित्रा दाहाललगायतले पुरस्कृत हुने घिमिरे र भण्डारीलाई प्रमाणपत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए।