१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बिधवा नारीको कथामा बन्यो टेलिसिरियल 'हिरा' साउन १५ बाट सार्वजनिक प्रसारणमा आउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

पतिवियोगमा परेकी 'विधवा' नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थितिमा आधारित रहेर टेलिसिरियल 'हिरा' तयार भएको छ। राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त चलचित्र 'बुलाकी'को निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले सामाजिक कथामा रहेर सिरियल निर्माण गरेको हो।

आइतबार पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनीले टेलिसिरियलको सार्वजनिक प्रसारणबारे जानकारी गराएको हो। निर्देशक विशाल बरालका अनुसार साउन १ गते ट्रेलर सार्वजनिकसँगै साउनकै १५ गतेबाट राष्ट्रिय टेलिभिजनबाट 'हिरा' औपचारिक प्रसारणमा आउनेछ। सामाजिक सञ्जाल प्लेटफर्म युट्युबमा भने निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल 'सिएम डिजिटल'बाट प्रसारण हुने बरालले बताए।

विराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् । विशाल पहारी,  प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुन: मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी यो सिरियलमा अभिनयमा छन्। 

स्व. मोती विष्टको प्रस्तुतिमा तयार 'हिरा'लाई राजबहादुर सानेले लेखेका हुन् । छायांकनमा रक् कौसल रहँदा शीर्ष गीतमा जय देवकोटाको संगीतमा स्वर गायिका समिक्षा अधिकारीले दिएकी छिन् । 

सिरियलमा मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याकग्राउण्ड म्युजिक ट्रेलर रहँदा पोस्टर राकेश दाहालले तयार पारेका छन् । सिरियलको सम्पूर्ण छायांकन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ ।