१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्यले मलाई सांकेतिक रूपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो : पाठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

पत्रकार दिलभूषण पाठकले राज्यले सांकेतिक रूपमा आफूलाई प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् ।

बिहीबार अदालतले धरौटीमा छाड्न आदेश दिएपछि पत्रकारहरूसँग कुरा गर्दै पाठकले राज्यले प्रश्न गर्न पत्रकारिता जगतलाई रोक लगाउन खोजेको टिप्पणी गरेका हुन्। ‘एउटा दिलभूषण पाठकलाई सांकेतिक रूपमा प्रयोग गरेर तमाम नागरिक समाज अथवा सिंगो पत्रकारिता जगतलाई राज्यमाथि प्रश्न नगर, तिमीहरूको हैसियत छैन भन्न खोजेको हो,’ उनले भने।

समाचारसँग चित्त नबुझ्ने पक्षले प्रसारणकर्तासँग प्रत्यक्ष संवाद गरेर त्रुटिवश भएका गल्ती सच्याउने ठाउँ हुँदाहुँदै तर्साउने उद्देश्यले अभियोग लगाइएको बताए। उनले भने, ‘न्याय क्षेत्रमा लागेका तमाम मानिसले गरेको प्रश्न यो एउटा मुद्दा नागरिकको अभिव्यक्ति संकुचना गर्ने अथवा तिनको मुख बन्द गर्ने प्रयत्न हो।’

सार्वजनिक पदमा बसेकाहरू नागरिकका प्रश्नको जवाफ दिन तयार हुनुपर्ने पाठकले स्पष्ट पारे। सार्वजनिक पदमा बस्नेहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्न थाले उनीहरूमाथि आक्षेपहरू लाग्न बन्द हुने आशयले आफूले भिडियो बनाएको उनले स्पष्टीकरण दिए। तर, सो कन्टेन्टलाई निजी औजारका रूपमा प्रयोग गरेर आफूमाथि आक्रमण गर्ने प्रयास भएको पाठकको भनाइ छ।