१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा विमानस्थलमा ३६ सय किलोलिटर क्षमताको हवाई इन्धन डिपो निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२९:oo

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने विमानलाई सेवा दिन आयल निगमले ३६ सय किलोलिटर क्षमताको नयाँ इन्धन डिपो निर्माण सम्पन्न गरेको छ।

मूल्य अभिवृद्धि करबाहेक ७५ करोड रुपैयाँमा नयाँ डिपो बनाएको निगमको भण्डारण क्षमता वृद्धि परियोजनाले जनाएको छ। उक्त डिपोले पोखरा विमानस्थलको वायु सेवालाई तीन महिनाको इन्धन माग धान्न पुग्ने परियोजना प्रमुख प्रदीप यादवले जानकारी दिए। उनले पहिलोपटक स्वदेशी परामर्शदाता, निर्माण व्यवसायी र आन्तरिक स्रोतबाट डिपो निर्माण गरेको बताए।

‘आयल निगमको डिपोहरु विदेशी आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने गरेकोमा पोखरास्थित हवाइ इन्धन डिपो भने ५५ वर्षको इतिहासमा पहिलोपटक शतप्रतिशत स्वदेशी सीप र पुँजीमा निर्माण गरिएको छ,’ उनले भने। विगतमा परामर्शदातासमेत अन्तर्राष्ट्रिय स्तरबाट नियुक्ती हुने गरेकोमा पोखरास्थित इन्धन डिपो बनाउन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकले डिजाइन, लागत अनुमान र सुपरिवेक्षणको काम गरेको यादवले जानकारी दिए।

नागरिक उड्डयन प्राधिकरणसँग ९ हजार २१५ वर्गमिटर जग्गा लिजमा लिएर इन्धन डिपो निर्माण गरिएको निगमले जनाएको छ। यादवका अनुसार डिपो बनाउन २ चैत ०७७ मा टेण्डर आह्वान भएकोमा दुई वर्षपछि २९ कात्तिक ०७९ मा मात्रै ठेक्का सम्झौता भएको थियो। त्यसपछि १ साउन ०८० मा शिलान्यास गरिएको डिपो करिब दुई वर्षमा निर्माण सकिएको हो। ‘शिलान्यास लगत्तै निर्माण कार्यलाई निरन्तर रुपमा तिव्रता दिई हाल सम्पन्न गरिएको छ,’ यादवले भने।

डिपोभित्र १२ सय किलोलिटर क्षमताका समान ३ वटा भण्डारण गृह र १२ सय किलोलिटरको अर्को पानी ट्यांकीसमेत निर्माण गरिएको परियोजनाले जनाएको छ। आधुनिक फायर फाइटिङका संरचनासमेत जडान भएकाले आगलागीजन्य घटना न्यूनीकरणका लागि उच्च सतर्कता अपनाइएको यादवले बताए। ‘यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामको पाइपहरु अमेरिकन पेट्रोलियम इन्स्टिच्यूड (एपिआई) मापदण्डमा आधारित रहेका छन्’ उनले भने।

निर्माण सम्पन्न भएको बारे जानकारी दिन आयोजित कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहायक डीन डा. सुरज लामिछानेले स्वदेशी परामर्शदाताको लागत अनुमान र सुपरिवेक्षणमा पनि ठूला परियोजना बनाउन सक्ने दक्षता रहेको पुष्टि भएको बताए। ‘विदेशमा पढेर आएका वा विदेशी संस्था मात्रै अब्बल हुन्छन् भन्ने भ्रम चिर्न पोखरास्थित निगमको हवाइ इन्धन डिपो सफल भएको छ,’ लामिछानेले भने, ‘यो डिपो आधुनिक प्रविधि र स्वदेशी सीपको प्रयोग गरेर समयमै निर्माण सकिएको छ। यसमा सबैले गर्व गरौंं।’

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको कन्सल्टेन्सी सेवा विभाग प्रमुख नारायण गौतमले ठूला परियोजनाको डिजाइन, लागत अनुमान र सुपरिवेक्षण गर्न स्वदेशी जनशक्ती नै दख्खल रहेको बताए। उनले निगमकै सिनामंगलस्थित हवाइ इन्धन कार्यालय स्थानान्तरणको अर्को परियोजनाको डिजाइनसमेत आफूहरुले गरिरहेको जानकारी दिए।