१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १९ बिहीबार
  • Friday, 04 July, 2025
२o८२ असार १९ बिहीबार १७:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा दलहरूबिच सहमति, अब प्रदेश सभा बैठक सञ्चालन हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १९ बिहीबार १७:३८:oo

बागमती प्रदेशमा लामो समयदेखि रोकिएको प्रदेश सभा बैठक अब सञ्चालन हुने भएको छ । बिहीबार दिउँसो सभामुख भुवनकुमार पाठकको नेतृत्वमा बसेको सर्वदलीय बैठकले दलहरूबिच सहमति जुटाएसँगै बैठक सञ्चालनको बाटो खुलेको हो।

बैठकमा बागमती प्रदेशका सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीलगायत ६ दलको सहभागिता रहेको थियो ।
माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार प्रतिपक्षले उठाउँदै आएका बजेटसम्बन्धी विषयहरू समेट्ने गरी लिखित सहमति भएको हो। 'सरकारले बजेटमा भएका कमीकमजोरीहरू सुधार गर्ने, टुक्रे योजनाहरू व्यवस्थित गर्ने तथा बजेटलाई सन्तुलित बनाउने सहमति भएको छ,' ढकालले जानकारी दिए।

यो सहमतिपछि पटक–पटक स्थगित हुँदै आएको प्रदेशसभा बैठक आज ५ बजेपछि सञ्चालन हुने गरी तयारी गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि आजै दिउँसो ११ बजेका लागि बोलाइएको बैठक २ बजे सारिएको थियो । तर, २ बजे पनि बैठक बस्न नसकेपछि सूचना टाँसी ५ बजेका लागि सारिएको हो ।

प्रदेश सभामा बजेटको विषयमा दलहरूबिच मतभेद देखिएपछि १२ असारदेखि नै बैठक प्रभावित हुँदै आएको थियो । १२ गते दुईपटक बैठक स्थगित भएपछिको प्रयासमा १६ असारमा पनि बैठक बस्न नसकेको थियो । त्यसपछि सूचना टाँसी १९ असारसम्मका लागि स्थगित गरिएको बैठक अन्ततः सहमति जुटेसँगै सञ्चालनको चरणमा पुगेको हो । अबको बैठकमा बजेटमाथिको छलफल अघि बढ्ने र त्यसमा आवश्यक संशोधन गरिने अपेक्षा गरिएको छ ।

यसअघि बिहान दिउँसो १ बजेका लागि बोलाएको बैठक २ बजेका लागि सारिएको थियो । २ बजे पनि बैठक बस्न नसकेपछि पूर्ण सूचना टास गरेर ५ बजेका लागि बैठक सारिएको थियो । 
बजेटमाथिको विवादका कारण प्रदेश सभा बैठक गत असार १२ गतेदेखि प्रभावित बन्दै आएको छ। १२ गते दुईपटकसम्म सूचना टाँस गरेर स्थगित भएको प्रदेश सभा बैठक १६ गते पनि बस्न सकेन । १६ गते बस्न न प्रदेश सभा बैठक सूचना टास गरेर १९ गतेसम्मको लागि स्थगित गरिएको थियो ।