१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Tuesday, 01 July, 2025
सोमबार खेल खेलकुद नीति सार्वजनिक गर्दै खेलकुदमन्त्री तेजुलाल चौधरी
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १७ मंगलबार o९:o५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय खेलकुद नीति सार्वजनिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार o९:o५:oo
  • खेलकुद मन्त्रालयले सोमबार सार्वजनिक गरेको खेलकुद नीतिमा २२ वटा रणनीतिका साथै ९२ कार्यनीति छन्

युवा तथा खेलकुद मन्त्रालय तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को ९ असार बसेको बैठकले खेलकुद नीति स्वीकृत भएको मन्त्री चौधरीले बताएका छन् । यसअघि राष्ट्रिय खेलकुद नीति २०६७ लागू भएको थियो । 

खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरी स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ राष्ट्रिय खेलकुद नीति २०८२ तयार गरिएको उनले बताए । ‘यस नीतिपछि संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्यमा खेलकुद क्षेत्रको विकास र विस्तार हुने विश्वास छ,’ चौधरीले भने । 

खेलकुद नीतिमा २२ वटा रणनीतिका साथै ९२ वटा कार्यनीति समेटिएका छन् नीतिको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद अनुगमन समिति गठन गरिने मन्त्री चौधरीले बताए । साथै, तीनै तहका स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारअनुसार अनुगमन तथा मूल्यांकन गर्न सक्ने व्यवस्था भएको मन्त्री चौधरीले बताए । यो नीतिको कार्यान्वयनबाट समग्र खेलकुद क्षेत्रको दिगो विकास, राष्ट्रिय गौरव अभिवृद्धि र मुलुकको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने मन्त्रालयको भनाइ छ । 

यो नीतिको कार्यान्वयनबाट समग्र खेलकुद क्षेत्रको दिगो विकास, राष्ट्रिय गौरवको अभिवृद्धि र मुलुकको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास मन्त्रालयले लिएको प्रवक्ता सुवासचन्द्र सिवाकोटीले लिएका छन् । 

नयाँ पत्रिकाकर्मी राजोपाध्याय सम्मानित 
नयाँ पत्रिकाकर्मी श्रीलोचन राजोपाध्यायले खेलकुद पत्रकारिता सम्मान २०८१ प्राप्त गरेका छन् । खेलकुद मन्त्रालयमा सोमबार भएको कार्यक्रममा राजोपाध्याय सम्मानित भएका हुन् । उनले ५० हजार रुपैयाँसहित सम्मानपत्र पाएका छन् । मन्त्रालयले हरेक प्रदेशबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्दै आइरहेको छ । मन्त्रालयले नौजना खेलकुद पत्रकारलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । 

कोशीका मुकुन्द घिमिरे, मधेश प्रदेशका शरदचन्द्र भट्टराई, बागमतीका विक्रमकुमार बानियाँ, गण्डकीका दिननाथ बराल, लुम्बिनीका स्वस्तिक श्रेष्ठ, कर्णालीका दिनेशकुमार बुढा, सुदूरपश्चिम प्रदेशका दिनेशबहादुर विष्ट प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । 

यसैगरी, तनहुँकी नमिता दाहाल, समावेशी महिलातर्फ र नेपालगन्जकी रूपा गहतराज समावेशी दलिततर्फबाट पुरस्कृत भएका छन् । प्रोत्साहन पुरस्कारको धनराशी २५ हजार रुपैयाँ रहेको छ । 

यसैबिच, मन्त्रालयले राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा १९ जना खेलकर्मीलाई पनि पुरस्कृत गरेको छ । खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीमा भरतसिंह महता (पारा तेक्वान्दो), प्रेमबहादुर लिम्बू (तेक्वान्दो), वीरबहादुर महरा (तेक्वान्दो), अनुजा कुलुकङ राई (कबड्डी), मानमती विष्ट (कबड्डी) र दीपा शाही (फुटबल)लाई पुरस्कृत गरे । प्रशिक्षकतर्फ कविराज नेगी लामा (तेक्वान्दो), निर्णायकतर्फ धनकुमार मैनाली (बक्सिङ) र चिकित्सकतर्फ राजु डंगोल पुरस्कृत भए । पुरस्कारको राशी एक लाख रुपैयाँ छ ।