१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १७ मंगलबार
  • Wednesday, 02 July, 2025
२o८२ असार १७ मंगलबार २o:५९:oo
Read Time : < 1 मिनेट
समाचार

मर्मतका क्रममा करेन्ट प्रवाह भएको तार खसेर लाग्दा एकै परिवारका तीन घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १७ मंगलबार २o:५९:oo

हेटौँडामा मर्मतका क्रममा करेन्ट प्रवाह भएको तार खसेर लाग्दा सडकमा हिँडिरहेका तीनजना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–७, शान्तिटोल नागसोतीमा करेन्ट लागेर एकै परिवारका तीनजना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा हेटौँडा–७ का ४६ वर्षीय सञ्जयकुमार पुडासैनी, उनकी श्रीमती ४४ वर्षीया लक्ष्मी पुडासैनी र नातिनी एक वर्षीया श्रीयाना पुडासैनी रहेका छन् ।

सोमबार साँझ करिब ५ः४५ बजेतिर विद्युत् प्राविधिकले पोलमा काम गरिरहेको वेला अचानक तार भुइँमा खस्दा उक्त सडक हुँदै हिँडिरहेका तीनजना करेन्ट लागी घाइते भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार घाइते सञ्जयकुमारको दुवै खुट्टा जलेर अवस्था गम्भीर छ । उनी बोल्न नसक्ने अवस्थामा रहेका छन् । यस्तै, लक्ष्मी पुडासैनीको दुबै खुट्टा र हात जलेको छ । उनको अवस्था मध्यम भए पनि नातिनी श्रीयानाको दुवै खुट्टा र हातमा गम्भीर जलन देखिएको छ ।

घाइतेहरूलाई सुरुमा हेटौँडा अस्पतालमा उपचारका लागि पुर्‍याइएकोमा प्राथमिक उपचारपछि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको र उपचार भैरहेको प्रवक्ता अर्यालले बताए।