१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कुलिङ पिरियड’ दुई वर्ष नै कायम गरेर संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

संघीय निजामती विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट ‘संघीय निजामती सेवा विधेयक, २०८२’ पारित भएको हो।

पास भएको विधेयकले निजामती सेवाबाट अवकाशपछि अर्को नियुक्तिका लागि समय अन्तर ‘कुलिङ पिरियड’ दुई वर्ष कायम गरेको छ। संसदमा बोल्ने अधिकांश सांसदले कुलिङ पिरियड राख्ने व्यवस्था सकारात्मक भएको बताएका थिए। विधेयक पारित हुने अन्तिम समयपर्यन्त पनि यसमाथि विवाद थियो। उच्च प्रशासकहरूले कुलिङ पिरियड हटाउन ठुलो कसरत गरे पनि त्यो विफल भएको छ।

त्यस्तै, निजामतीको अनिवार्य अवकाश उमेर ६० वर्ष कायम भएको छ। अतिरिक्त सचिवको नयाँ व्यवस्था पनि विधेयकमा छ।

संविधान जारी भएपछि संविधानसँग मिल्ने गरी निजामती सेवा ऐन जारी हुन सकेको थिएन। एक दशकपछि प्रतिनिधिसभाबाट विधेयक पारित भएको छ।

सरकारले २१ फागुन ०८० मा विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो। प्रतिनिधिसभाले छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो। लामो छलफलपछि समितिले गत २ जेठमा सर्वसम्मतिले विधेयक पारित गरेको थियो। लगभग समितिले पारित गरेबमोजिम नै प्रतिनिधिसभाबाट विधेयक पारित भएको छ।

समितिले विधेयक पारित गरेपछि प्रतिवेदन संसदमा पठाइएको थियो। अन्ततः प्रतिनिधिसभाबाट विधेयक पारित भएको छ।