१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
Invalid date format १o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा मोटरसाइकल एक–आपसमा ठाेक्किँदा बाबुछोरासहित तीनको मृत्यु, दुईजना घाइते  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o८:oo

सुनसरीको रामधुनी नगरपालिका– ७, चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

गएराति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को.३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा बाबुछोरासहित तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३४ वर्षीय इनर्चन चौधरी, उनका नौ वर्षीय छोरा प्रनिष र अर्का मोटरसाइकलचालक ५१ वर्षीय विन्दु यादव छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई घाइते अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा इनर्चन चौधरीकी ३२ वर्षीया श्रीमती प्रतीक्षा र विन्दु यादवसँग सवार इटहरी– ७ निवासी ३६ वर्षीय रमेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।