१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
Invalid date format o९:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

फोहोर व्यवस्थापनमा सघाउन मेयर दाहालको प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५o:oo

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको फोहोर व्यवस्थापनमा सिगात्से सहर र चीनको सहयोगका लागि प्रस्ताव गरेकी छिन् । भरतपुरको भगिनी सम्बन्ध रहेको सिगात्से सहरका मेयर वाड्ग फड्ग हुड्गसहितको टोलीलाई भरतपुरमा स्वागत गर्दै उनले यस्तो सहयोग प्रस्ताव गरेकी हुन् ।

प्रमुख दाहालले मित्रराष्ट्र चीन र नेपालको दौत्य सम्बन्ध कायम भएसँगै चीनले नेपालको पूर्वाधार विकास शिक्षा, स्वास्थ्यका साथै आर्थिक, सामाजिक क्षेत्रमा सधैँ सकारात्मक रहेको बताइन् ।

प्रमुख दाहालले चीनबाट भरतपुरमा धेरैभन्दा धेरै पर्यटक भ्रमणका लागि वातावरण निर्माण गर्न पनि आग्रह गरिन् । छलफलमा सिगात्से सहरका मेयर हुड्गले भरतपुर महानगरपालिकासँग थप व्यापारिक सम्बन्ध अघि बढाउन खोजेको बताए ।

भरतपुरमा उत्पादन भएका ग्रिन फार्मिङलाई सिगात्सेले आयात गर्न खोजेको उनले जानकारी दिए । चीनबाट भरतपुर घुम्नका लागि पर्यटकलाई निमन्त्रणा दिने पनि उनले बताए ।