१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
सौरभ यादव राजविराज
२o८२ असार १४ शनिबार १८:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशका मुख्यमन्त्रीको बुवालाई भुक्तानी दिन सरकारको बजेट

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १८:o७:oo

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेटमा कानुनविपरीत एक करोड ८० लाख रूपैयाँ बजेट छुट्याइएको छ। 
राजविराजस्थित कन्या छात्रावासको निर्माण समितिलाई बाँकी भुक्तानी दिने योजनामा मधेश सरकारको बजेटमा एक करोड ८० लाख रूपैयाँको बजेट विनियोजन गरेको छ‌ । 

भारतीय दुतावासको सहयोगमा उक्त छात्रावास २०६२ सालमा निर्माण थालिएको थियो। तत्कालीन जिल्ला विकास समितिमार्फत शेखर कुमार सिंहको अध्यक्षतामा निर्माण समिति बनाउँदै काम थालिएको थियो ।तर हालसम्म उक्त काम पुरा हुन सकेको छैन्।‌ बिगत लामो समयदेखि निर्माण समितिले घाटा लागेको भन्दै काम अलपत्र छोडेपछि अहिले छात्रावास निर्माण पुर्ण हुन सकेको छैन्। 

भारतीय दुतावासको सहयोगमा बनिरहेको उक्त छात्रावासमा प्रदेश सरकारले बजेट विनियोजन कानुन सम्वत नरहेको कानुन जानकार बताउँछन्। 

यता अधुरो काम पुरा गर्नु भन्दा पनि निर्माण समितिलाई बाँकी भुक्तानी दिने भन्दै सरकारले योजना राखेको छ। निर्माण समितिको अध्यक्ष सिंह मधेश प्रदेश मुख्यमन्त्री सतिश कुमार सिंहका बुबा हुन् । यसरी प्रदेश सरकारले दिने यो भुक्तानी सिधा उनको बुबाले प्राप्त गर्ने देखिन्छ। शेखर कुमार सिंह अहिले लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रिय सभा सदस्य हुन। 

मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मुख्यमन्त्री सतिश कुमार सिंहले पदको दुरुपयोग गरि राजविराज कन्या छात्राबासलाई बजेट विनियोजन गरेको टिप्पणी गरेका छन् । 

पूर्व अर्थमन्त्री साहले मधेस सरकारले कन्या छात्राबास बनाउन हैन पैसा असुल्न बजेट ल्याएको दावी गरे । ‘मुख्यमन्त्री पदको चरम दुरुपयोग गर्दै आफ्ना पिताका लागि २० बर्ष अगाडि ( प्रदेश सरकार नै थिएन) त्यति बेलाको पैसा असुल्ने प्रपन्चलाई के भन्नू हुन्छ ? प्रश्न गर्दै उनले भने,’ छात्राबास बनाउन हैन पैसा असुल्न ।’ यस्ता कुराहरू तपाईहरु देख्न हुन्न भन्दै उनले बजेट बारे भइरहेको नौटंकीलाई अध्यन गरि समाचार बनाउँदा राम्रो हुने उल्लेख गरे । उनले यो बजेट छात्राबास बनाउन हुदै नभएको जिकिर समेत गरे ।  विनियोजित बजेट छात्राबास निर्माणमा सदुपयोग हुनुपर्ने उनको जोड थियो।

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले कन्या छात्रावास सञ्चालनमा ल्याउन बजेट राखिएको बताए । उनले भने नबन्दा पनि समस्या बन्दा पनि समस्या खै के भनुम । जसरी पनि कन्या छात्रावासलाई सञ्चालनमा ल्याउनेछु।