
प्रधानमन्त्री केपी ओलीले आफूहरूको मिहिनेतले एसइई नतिजामा सुधार आएको बताएका छन् । एसइई नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मिहिनेत काम लागेको बताएका हुन् ।
‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ। गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनुपरेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मिहिनेत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नुहोला, सफलताको अर्को दिन पनि आउनेछ,’ प्रधानमन्त्री ओलीले भनेका छन् । यस वर्ष जिपिए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १७७ रहेको छ ।