१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १३ शुक्रबार २२:३५:oo
Read Time : < 1 मिनेट
समाचार

शनिबार साँझदेखि पश्चिममा भीषण वर्षाको चेतावनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार २२:३५:oo

आगामी तीन दिन पश्चिम नेपालमा भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। 

महाशाखाले विशेष बुलेटिन जारी गर्दै शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णालीका पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो। अन्य पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। 
मनसुन देशभर नै सक्रिय हुने देखिन्छ। पूर्वी तराई र गण्डकीको उपल्लो क्षेत्रबाहेकमा वर्षा हुने आकलन गरिएको छ। 

महाशाखाले भूक्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले  सतर्कता तथा पूर्वतयारी अपनाउन पनि भनेको छ।