१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format ११:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगलमा ग्यास बुलेट र ट्रक एक–आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका– २ का २४ वर्षीय  प्रविन प्रजा र ग्यास बुलेटचालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशाबाट जाँदै गरेको बा.प्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एक–आपसमा ठाेक्किएका हुन्। 

सहचालक प्रजाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।