१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
२o८२ असार १३ शुक्रबार o६:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारत र इंग्ल्यान्डले गरे साउदी टी–२० लिगको विरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार o६:५३:oo

साउदी अरबले आयोजना गर्ने साउदी टी–२० लिगको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) र इंग्ल्यान्ड वेल्स क्रिकेट बोर्ड (इसिबी)ले विरोध गरेका छन् । अस्ट्रेलियाले भने लिगको खुलेरै समर्थन गरेको छ ।

भारत र इंग्ल्यान्ड साउदी लिगको विपक्षीमा सहमति गरेको एजेन्सीले जनाएको छ । साउदी टी–२० लिग भए पनि भारत र इंग्ल्यान्डले आफ्ना खेलाडी पठाउने छैनन् । यसअघि भारतका कुनै पनि खेलाडीले इन्डियन प्रिमियर लिग (आइपिएल)बाहेक अन्य फ्रेन्चाइज लिग खेलेका छैनन् । विश्वकै धनी क्रिकेट बोर्ड बिसिसिआई र इसिबीले साउदी टी–२० आयोजनाका लागि स्वीकृति प्रदान नगर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई निवेदन दिने भएका छन् । 

साउदी लिगले करिब चार सय मिलियन अमेरिकन डलर खर्च गर्दै छ । प्रतियोगितामा आठ टोली हुनेछन् । लिग विभिन्न चार सहरमा हुनेछ । साउदी टी–२० लिगमा धेरै बजेट भएका कारण आफ्ना खेलाडीले यसबाट धेरै फाइदा उठाउन् भन्ने अस्ट्रेलिया चाहन्छ । अस्ट्रेलियाले बिग बास लिग नियमित गरिरहेको छ । भारत र इंग्ल्यान्डले बहिष्कार गरे साउदी लिग कमजोर हुने अनुमान छ । साउदी दुवै देशका खेलाडीलाई लिगमा सहभागी गराउने योजनामा छ । आइसिसीले भारत र इंग्ल्यान्डको विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।