
जिल्ला अदालत काठमाडौंले टिकटकर रमा बस्नेतलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री ओलीको शृंखलाबद्ध आलोचना गरेको भन्दै साइबर ब्युरोले साइबर अपराधको मुद्दामा बस्नेतलाई असार १ गते पक्राउ गरेको थियो।