
पतञ्जली योगपीठको हदबन्दी छुटको जग्गा बिक्रि गर्न दिएकोसम्बन्धि भ्रष्टाचार मुद्दामा पूर्वप्रधानमन्त्री ३५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्। नेता नेपालको बयान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मागदाबी, अन्य व्यक्तिको बयान र प्रमाणलाई आधार बनाएर बिशेष अदालतले उनीसँग ३५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
उनको मन्त्रिपरिषद्ले गरेको निर्णय बिशुद्ध नीतिगत निर्णयको परिथिमा हो वा होइन भन्ने प्रश्नको विषयमा मुद्दाको अन्तिम निर्णय हुँदा निरुपण हुने भएकाले हालका लागि धरौटी माग्ने आदेशमा उल्लेख छ । बिशेषका न्यायाधीशहरू न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार बेलुका साढे ९ बजे थुनछेक आदेश सुनाएको हो। आदेशमा हदबन्दीको जग्गा प्रयोजनअनुरुप उपयोग नै नगरी जग्गा बिक्रि वितरण गरेको देखियो हदबन्दीको जग्गा प्रयोजनअनुरुप उपयोग नै नगरी जग्गा बिक्रि वितरण गरेको देखिएको उल्लेख छ । तत्कालिन मन्त्री मिनेन्द्र रिजाल तथा सचिव त्रिलोचन उप्रेतीको बयानलाई समेत नेता नेपालसँग धरौटी माग्ने आधार बनाइएको छ।
यस्तो छ थुनछेक आदेशः