
त्रिभुवन राजपथ सडकखण्ड दुई दिन बन्द हुने भएको छ । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ सडकखण्डमा आगामी असार १३ र १४ गते सवारी आवागमन बन्द गरिएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै असार १३ र १४ गते सवारी आवागमन बन्द हुने जानकारी दिएको हो ।सडक डिभिजन हेटौँडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत लामिडाँडा-सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउन लागेको जनाएको छ।
सडक दिउँसो १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।