१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 24 June, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १o:४o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

 रेडक्रसको गाडी निजी प्रयोजनमा लैजाँदा दुर्घटना भएपछि...

Read Time : > 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १o:४o:oo

 नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री दुर्गा बहादुर श्रेष्ठले चलाएको बा १३ च ५३२३ नम्वरको रेडक्रसको गाडी सोमबार दिउँसो दुर्घटनामा परेको छ । 
कार्यालयमा सवारीसाधन चलाउन तलब दिएर चालक भर्ना गरे पनि मन्त्री श्रेष्ठले आफैँ गाडी चलाएर निजी कामको लागि लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको मावि ज्यामिरे पुगेका थिए । मन्त्री श्रेष्ठ ज्यामिरे माविको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष समेत हुन् । 

विद्यालयको बैठकको लागि उनी त्यहाँ पुगेका थिए । बैठक सकेर सोही वडाको खालीटारमा किरिया बसेका खिलनारायण श्रेष्ठलाई भेट्न सामान सहित मन्त्री श्रेष्ठ त्यहाँ पुगेका थिए । खिलनारायणका बुबा चित्रवहादुर श्रेष्ठको केही दिनअघि मृत्यु भएको थियो । किरियापुत्री भेटेर फर्कने क्रममा खपाङ्गे डाँडामा मन्त्री श्रेष्ठले चलाएको गाडी दुर्घटना परेको स्थानीय कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । 

गाडीमा मन्त्री श्रेष्ठ मात्रै सवार थिए । मानवीय क्षती केही नभएपनि गाडी सडकवाट तल मकै बारीमा खसेको थियो । दुर्घटनापछि स्थानीयहरुले हरिस, डोरी, दाम्लो लगाएर तान्ने र मकैबारी खन्दै घन्टौ समय लगाएर उक्त गाडी निकालेका थिए । यसअघि पनि मन्त्री श्रेष्ठले रेडक्रसको गाडी लिएर पटकपटक गाउँ जाने गरेका थिए। मन्त्री श्रेष्ठको घर पनि सोही गाउँमा नै हो। श्रेष्ठले सोही गाडी सिकेर भर्खर चलाउन सक्ने भएका छन् ।उनीसँग सवारीसाधन चलाउने चालक अनुमती पत्र भए/नभएको भने एकीन नभएको रेडक्रस रामेछापका एक सदस्यले जानकारी दिए । 

मन्त्री श्रेष्ठले सार्वजनिक सम्पती व्यक्तिगत प्रयोजनको लागि प्रयोग गर्दै आएको रेडक्रसकै पदाधिकारीहरुले बताउँदै आएका छन् । रेडक्रसको गाडी दैविप्रकोप, उद्धार, राहत लगायतका क्षेत्रमा बाहेक अन्यत्र सवारीसाधन प्रयोग गर्न नपाइने भनेता पनि रामेछापमा भने त्यसको वेवास्ता गर्दै रेडक्रसको गाडी,मोटरसाइकल र स्कुटर व्यक्तिगत प्रयोजनको लागि प्रयोग हुँदै आएको छ । सार्वजनिक सम्पतिको सदुपयोग गर्नुको सट्टा चरम दुरुपयोग भएको भन्दै स्थानीय विवेक किरण श्रेष्ठले सामाजिक सञ्जालमार्फत चिन्ता व्यक्त गरेका छन् । 

दैविप्रकोप र कार्यालयको काम वाहेक व्यक्तिगत रुपमा सवारीसाधन प्रयोग गर्न नपाइने निर्णय गरौं भनेर वैठकमा पटकपटक कुरा उठाउँदा पनि यसको सुनुवाई नभएको रामेछाप रेडक्रसका उपसभापति नारायणदास श्रेष्ठले जानकारी दिए । यता गाडी दुर्घटनाको विषयमा रामेछाप रेडक्रसका सभापति शिवकुमार कार्कीसँग सम्पर्क गर्दा उनले मन्त्री श्रेष्ठले खिम्ती बजारसम्म पुगेर एकछिनमा फर्कन्छु भनेर गाडी लगेको जानकारी गराएको र गाउँ जान्छु भन्ने कुरा मलाई थाहा नभएको बताए ।  

‘हिजो राती मात्रै स्थानीय एकजनाले रेडक्रसको गाडी दुर्घटना भयो भनेर टेलिफोन गरेपछि मात्रै मैले गाडी दुर्घटना भएछ भन्ने थाहा पाए । त्यसपछि मैले पटकपटक मन्त्रीलाई टेलिफोन गर्दा पनि उहाँको फोन उठेको छैन्’, सभापति कार्कीले बताए ।