१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ असार १० मंगलबार o९:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मैथिली कमेडि सिरियल ‘कलकतिया बाली’ की अभिनेत्री अंशा सदा मृत फेला

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार o९:४५:oo

मैथिली कमेडि सिरियल ‘कलकतिया बाली’ का अभिनेत्री अंशा सदा मृत फेला परेकी छिन् । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित नोचा पोखरी नजिकै ‘कलकतिया बाली’ सिरियल बनाउने सेटमा उनी राती साढे ९ बजे मृत अवस्थाम फेला परेको प्रहरीले जनाएको छ । २१ वर्षीया अंशालृे करिब ६ महिनाअघि सिरियलमा काम गर्ने क्रममा ‘कलकतिया बाली’ सिरियलका मुख्य कलाकार अविनाश झासँग प्रेम विवाह गरेकी थिइन् । 

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार राती साढे ९ बजे सिरियल निर्माणका लागि बनाइएको सेटकै घरमा अंशा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी  थिइन्। 

भावविह्वल अवस्थामा सदाका श्रीमान अविनाश झा 

धनुषाको विदेह नगरपालिका–२ धोबी बस्ने अविनाश केही वर्ष यता जनकपुरधाम उपमहानगरपालिका–१५ मा ‘कलकतिया बाली’ सिरियलको लागि घरहरू बनाएर काम गर्दै आएका छन् । त्यहाँ अन्य सिरियलमा काम गर्ने अन्य कलाकारहरु पनि बस्दै आएका छन् ।  घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली  घटनास्थलमा खटाएकाे प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

उनले घटनास्थलको मुचुल्का गरेर शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको बताए ।  प्रहरीका अनुसर घटनाको राती अंशाका श्रीमान अविनाश झा घर बाहिर थिए भने अन्य कलाकारहरु सेटमै रहेकोले घटनाबारे सोधपुछका लगि केहि कलाकारलाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ  । अभिनाश ब्राह्मण समुदायका भएपनि दलित मुसहर समुदायकी केटीसँग विवाह गर्दा धेरैले प्रशंसा पनि गरेका थिए ।