१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १० मंगलबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १० मंगलबार o९:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौद्रिक नीतिका लागि होटेल संघ नेपालले दियो सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १० मंगलबार o९:३७:oo

होटेल संघ नेपाल (हान)ले होटेललाई विशेष उद्योगसरह वित्तीय सुविधा उपलब्ध गराउन माग गरेको छ । हानको प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव दिँदै यस्तो माग गरेको हो । 

हानका अध्यक्ष विनायक शाहले नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल सरकारको आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेटले पर्यटन क्षेत्र र होटेल उद्योगका लागि घोषणा गरेका कार्यक्रमको सफल एवं प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ने आगामी मौद्रिक नीतिमा आउनुपर्ने सुझाव दियो ।  

अध्यक्ष शाहले समग्र पर्यटन तथा होटेल उद्योगको बृहत्तर विकास र विस्तारमा सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिए । ‘पूर्वाधारको उचित व्यवस्थापन हुन नसकेका कारण होटेल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा भारी मात्रामा वृद्धि भएको छ, मागको अनुपातमा होटेल रुमहरूको अत्यधिक आपूर्ति रही क्षमताको एकतिहाइ मात्र माग रहेको हुँदा नियमित किस्ता र नियमित ब्याज भुक्तान गर्नसमेत कठिनाइ भएको छ,’ उनले भने, ‘त्यसैले, व्यवसायको वित्तीय अवस्थाअनुसार विशेष उद्योगसरह कर्जाको साँवा–ब्याज भुक्तानी गर्न पाउने व्यवस्था गर्नुपर्नेछ ।’

अध्यक्ष शाहले होटेललाई भुक्तानी गर्न सहज हुने गरी होटेलको स्तरअनुसार अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटेलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरे । पर्यटकले पाँच हजार अमेरिकी डलर साथमा ल्याउन पाउने व्यवस्था भए पनि अहिले एकपटकमा अमेरिकी डलर तीन सय मात्र सटही गर्न पाउने भएकाले ठुला तारे होटेलहरूमा आउने खर्चालु पर्यटकका लागि यो रकम अपर्याप्त भएको उनले बताए ।

नेपाली कम्पनीले विदेशमा शाखा विस्तार गरी सम्बन्धित होटेलका साथै समग्र पर्यटन उद्योगको प्रवद्र्धन तथा विकासमा योगदान गर्ने भएकाले त्यस्ता कम्पनीका लागि विदेशी मुद्रा कारोबारका लागि स्वीकृति दिनुपर्ने उनले बताए ।