१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
२o८२ असार ९ सोमबार o६:o४:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बुद्ध र ‘चरित्रहीन’ महिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार o६:o४:oo

राजकुमार सिद्धार्थ गौतम आफ्नो राजसी सुख, सुविधा र शाक्य राजपरिवार छोडेर पहेँलो वस्त्र धारण गरी ज्ञानप्राप्ति र त्यसलाई संसारभर बाँड्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो, जसलाई सो गाउँमा चरित्रहीन नारी भनेर दुत्कारिन्थ्यो ।

एक दिन ती महिलाले गौतम बुद्धस“ग सोधिन्, ‘तपाईं त कुनै राजकुमारजस्तो देखिनुहुन्छ, किन यस्तो युवावस्थामै पहे“लो वस्त्र धारण गर्नुभएको ? तपाईं किन तपस्वी बनेर सांसारिक सुखसुविधालाई लत्याएर यसरी हिँडिरहनुभएको छ ?’ आफ्नो सन्न्यासी जीवनबारे ती महिलाले प्रश्न गरेपछि बुद्धले बडा शालीनतासाथ जवाफ दिए, ‘मैले तीनवटा प्रश्नको जवाफ खोज्नका लागि सन्न्यास लिएको हुँ। अहिले हाम्रो शरीर युवा अनि आकर्षक छ, यो बिस्तारै एक दिन बुढो हुन्छ, बिरामी हुन्छ र अन्ततः मृत्युवरण गर्छ । म यो वृद्धावस्था, बिमारी र मृत्युको कारण पत्ता लगाउन चाहन्छु ।’ बुद्धको भनाइबाट ती महिला प्रभावित भइन् । तिनले बुद्धलाई बेलुकाको भोजनका लागि निम्तो दिइन् । बुद्धले पनि उनको निम्तो सहर्ष स्विकारे । तत्काल गाउँवासीलाई यसबारे थाहा भयो । उनीहरूले ती महिला चरित्रहीन रहेकाले उनको घरमा नजान बुद्धलाई आग्रह गरे ।

गाउँवासीको यस्तो आग्रहपछि बुद्धले गाउँका मुखियालाई बोलाएर सोधे, ‘महोदय, के गाउँवासीले भनेको कुरा सत्य हो ?’ मुखियाले पनि गाउँलेको कुरामा सहमति जनाउँदै भने, ‘हो हजुर, ती महिला चरित्रहीन नै हुन् । त्यसैले हजुर तिनको घरमा नजानुहोस् ।’ 

मुखियाका कुरा सुनिसकेपछि एकछिन सोचमग्न भएर बुद्धले तिनको एउटा हात समाते, अनि भने, ‘ल अब तपाईं जोडले ताली बजाउनुहोस् ।’ मुखियाले हाँस्दै भने, ‘पहिले मेरो हात छाड्नुहोस् अनि म ताली बजाउँला । अन्यथा, एक हातले मात्र त ताली कसरी बज्न सक्छ र ? यो त असम्भव छ ।’ 

मुखियाको कुरा सुनेपछि बुद्धले मन्द मुस्कानसाथ भने, ‘त्यसो भए एक्ली स्त्री कसरी चरित्रहीन हुन सक्छिन् ? गाउँका सबै पुरुष चरित्रवान् भइदिएको भए ती स्त्री चरित्रहीन हुने नै थिइनन्, होइन र ?’ बुद्धको प्रश्न सुनेपछि त्यहाँ उपस्थित सबै गाउँलेका आँखा खुले । गाउँका सबै पुरुषले लाजले शिर झुकाए ।