
बाख्रा चराउन जंगल गएकी लिखु तामाकोशी गाउँपालिका–२ सैपुकी ५८ वर्षीया लिङमा तामाङ पहिरोमा पुरिएर गम्भिर घाइते भएकी छिन्।
घर नजिकैको जंगलमा हिजो दिउँसो बाख्रा चराउन गएकी तामाङ बसिरहेको स्थान माथिवाट अकस्मात पहिरो आई उनलाई बसेको ठाउँमै पुरेको थियो। बाख्रा चराउन गएका अन्य गोठालाहरुले तामाङलाई पहिरोले पुरेको देखेपछि तत्काल घटनास्थलवाट उद्धार गरी स्थानिय अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए।
स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ । घाइते तामाङको ढाड र हातमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय धोवीडाँडाले जनाएको छ ।