१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

औषधि आयातकर्ता संघको अध्यक्षमा पवन आचार्य निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५६:oo

नेपाल औषधि आयातकर्ता संघ (मियान)को अध्यक्षमा पवन आचार्य चयन भएका छन् । शनिबार आयोजित आठौँ वार्षिक साधारणसभाको अधिवेशनले आचार्यसहित १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सबै पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित आचार्य यसअघि संघको महासचिव भएर काम गरेका थिए । अधिवेशनबाट दुईजना उपाध्यक्षमध्ये पृथ्वीराज वैद्य र सुमन कयाल निर्वाचित भएका छन् । महासचिव पदमा मधु पौडेल, सचिवमा सुरेश अग्रवाल र कोषाध्यक्षमा सन्दीप खनाललाई चयन गरिएको छ ।

संघको कार्यसमिति सदस्यहरूतर्फ मुकुन्द राजभण्डारी, शितोष शाह निर्वाचित भएका छन् । यसैगरी डा. आनन्दा राजभण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, नीरजकुमार झा, सुरज टिवटिवाल, चन्द्रशेखर रुँगटा, डा. अब्बुल हुसेन अन्सारी, राज किशोर र आनन्द चौधरी निर्वाचित भएको निर्वाचन समिति संयोजक लालबहादुर बोहराले बताए । संघको कार्यसमितिको पदावधि तीन वर्षको हुने प्रावधान छ । 

नवनिवार्चित अध्यक्ष आचार्यले पोषराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको औषधिको मूल्य नीतिसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न नहुने बताए । उनले त्यसमा थुप्रै समस्या भएको भन्दै सच्याएर मात्रै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले औषधिको गुणस्तरीय सबैभन्दा पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै त्यसतर्फ ध्यान दिन सबैलाई अनुरोध गरे ।  

छुटाउनुभयो की ?