१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ८ आइतबार
  • Sunday, 22 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ८ आइतबार २o:३४:oo
Read Time : < 1 मिनेट
समाचार

पचरौताका प्रमुख प्रशासकीय अधिकृत यादवसहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ८ आइतबार २o:३४:oo

बाराको पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार उनीहरूलाई दोषी ठहरको फैसला गरेको हो।

फैसलाअनुसार यादव र केएस मल्टिपर्पसका सञ्चालक कमलकुमार उपाध्यायलाई जनही ६–६ महिना कैद सजाय तोकिएको छ। उनीहरूका साथै केएस मल्टिपर्पस प्रालिलाई पनि सजाय सुनाइएको छ। 

तीनैजना प्रतिवादीबाट बिगोको दामासाहीले हुन आउने रकम एक लाख १७ हजारभन्दा बढी जरिवाना तिर्नुपर्ने फैसलामा छ । साथै, पीडित राहत कोषमा तीनैजनाबाट ४७ सय रुपैयाँ भराउन फैसला भएको विशेषले जनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही ९ वैशाखमा मुद्दा दायर गरेको थियो। यादव, उपाध्याय र कम्पनीका साथै लेखापाल हसिम मियाँसमेत प्रतिवादी रहेकोमा मियाँले सफाइ पाएका छन्। उनीविरुद्धको अभियोग ठोस प्रमाणबाट पुष्टि नभएको तथा हाकिमको तोक आदेशबमोजिम काम गरेकोले दोषी ठहर गर्न नमिल्ने फैसलामा छ। 

उक्त नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई छलेर केएस मल्टिपर्पसका सञ्चालक उपाध्याय समेतको मिलेमतोमा भ्रष्टाचार गरेको ठहर विशेषले गरेको हो। ठेक्काको अभिलेख राख्ने प्रयोजनका लागि मात्र भनी प्रभाव दैनिकमा एकप्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेर त्यसको आधारमा भुक्तानी गरेको भेटिएको थियो।