
धोबीखोलामा बाढी आउँदा अनामनगर क्षेत्रमा सडक अवरुद्ध भएको छ। वर्षापछि खोलाको सतह बढेर सडकसम्मै आइपुग्दा एकतर्फी सडक अवरुद्ध भएको हो।
यता धोबीखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।