१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नागार्जुनका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३३:oo

काठमाडौंको नागार्जुन नगरपालिकाका तत्कालीन मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले शुक्रबार उनलाई दुवै मुद्दामा दोषी ठहर गरेको हो।

मेयर बस्नेतले स्वार्थ गाँसिएका पद्मा कोलोनी प्रालि तथा पद्मा मर्चेन्ट कम्पनी प्रालिका सञ्चालक राजुप्रसाद कँडेलबाट नौ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको देखिन आएको अदालतको ठहर छ। त्यस्तै, पद्मा कोलोनी र मर्चेन्टका सञ्चालक कँडेलले आफ्नो कम्पनीका नाममा जग्गा प्राप्त गर्ने प्रयोजनका लागि उक्त रकम घुस दिएको देखिएको पनि अदालतको ठहर छ।

मेयर बस्नेत सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर भएका छन्। गैरकानुनी रूपमा घुस लिएर प्राप्त गरेको रकम र जग्गा आफ्नो नाममा धारण गरी जग्गाहरू कित्ताकाट गरी विभिन्न व्यक्ति तथा कम्पनीलाई बिक्री–वितरण गरेको एवं हक हस्तान्तरण गरेको देखिएको फैसलामा उल्लेख छ। यसबापत १३ करोड १२ लाख ७३ हजार बिगोबराबरको रकम सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुन आएको फैसलामा छ।

दुवै मुद्दामा बाँकी प्रतिवादी सबैले सफाइ पाएका छन्। ठहर भएका मेयर र कँडेलका हकमा सजाय निर्धारणका लागि सुनुवाइ गर्न यही १६ गते पेसी तोकिएको छ।

अख्तियारले गत १४ पुसमा मेयर बस्नेत, उनकी पत्नी उर्मिला बस्नेत र घरजग्गा व्यवसायी कँडेलविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। तीनैजनाविरुद्ध भ्रष्टाचारमा जनही नौ करोड २२ लाख ४६ हजार रुपैयाँ बिगो अख्तियारले दाबी गरेको थियो।

त्यस्तै, भ्रष्टाचार गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोपमा तीनैजनाविरुद्ध जनही १३ करोड १२ लाख ७३ हजार बिगो दाबी गरिएको थियो। अदालतले भ्रष्टाचार मुद्दामा मेयर र कँडेल दुवैलाई अख्तियारको दाबीबमोजिम नै ठहर गरेको छ। सम्पत्ति शुद्धीकरणमा भने मेयर बस्नेतलाई मात्र ठहर गरेको हो। दोषी ठहर भएसँगै उनी मेयरबाट पदमुक्त भएका छन्।

गैरकानुनी सम्पत्ति आर्जनको अर्को मुद्दामा भने मेयर बस्नेतले सफाइ पाएका छन् । आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीविरुद्ध २७ माघमा मुद्दा दायर गरेको थियो। यस मुद्दामा उनले सफाइ पाएका हुन्।

*नागार्जुन नगरपालिका हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।

छुटाउनुभयो की ?