१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली र सुदूरपश्चिममा पनि पुग्यो मनसुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

नेपालमा मनसुन प्रवेश गरेको तीन सातापछि देशभर छाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार  लुम्बिनीको पश्चिम, कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायु प्रवेश गरेको हो।

पश्चिमी वायु विस्थापित भएको छ। सरदरभन्दा दुई साताअघि १५ जेठमा कोशी प्रदेश प्रवेश गरेको मनसुन २९ जेठमा पश्चिममा गण्डकी र लुम्बिनीको पूर्वी भूभागससम्म पुगेको थियो । 

नेपालमा मनसुन साधारणतया जुन १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ताभित्र विस्तार हुने गर्छ। यसपालि भने  देशभर मनसुन विस्तार हुन २३  दिन लागेको छ।

महाशाखाका अनुसार आज सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको पनि आकलन गरिएको छ ।