१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीलाई छानबिन गरौँ : ज्ञानेन्द्र शाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:१९:oo

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि बहालवाला गृहमन्त्री रमेश लेखकसम्मका १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । 

भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउन आह्वान गरे । भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरूको विरोध कायमै रहने उनको भनाइ छ ।

शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधबिच संसद्को कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् भने राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।