१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सचिवहरूले राजीनामा दिए अर्को व्यक्ति आउँछ, कुलिङ पिरियडबाट पछि हट्नुहुन्न : सांसद पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ राख्ने विषयबाट पछि नहट्न आग्रह गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा पाण्डेले सचिवहरूले प्रधानमन्त्रीलाई संयुक्त राजीनामाको धम्की दिएको भन्दै खुट्ट नकमाउन प्रधानमन्त्रीलाई आग्रह गरे। संघीयतालगत्तै निजामती विधेयक आइसक्नुपर्नेमा बल्ल ०८० सालमा विधेयक आएको उनले उल्लेख गरे।

‘रिटायर्ड भइसकेपछि दुई वर्ष खाली बस्नुपर्ने जुन प्रावधान हामीले बनाएका थियौँ, त्यसलाई खारेज गराउनका लागि संयुक्त राजीनामा दिन्छौँ भनेर धम्कीपूर्ण व्यवहार गर्दै अहिले यो विधेयक ल्याउन रोकावट भइरहेको कुरा मैले सुनेको छु। सरकारले खुट्टा नकमाओस्, तुरुन्त ल्याओस्। २५ जना सचिवले राजीनामा दिन्छन् भने नयाँ व्यक्तिहरुले जिम्मेवारी पाउँछन्,’ पाण्डेले भने।