
परशुराम नगरपालिका– ७, सादनीनिवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ। जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो ।
तत्काल अस्पताल पुर्याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशंकर माध्यमिक विद्यालयमा कक्षा नाैमा अध्ययनरत थिए ।