१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकले चिनो हाइड्रोमा एक अर्ब ३६ करोड ऋण लगानी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न एक अर्ब ३६ करोड ऋण लगानी गर्ने सहमति भएको छ । सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरेका छन् । 

नासोङ गाउँपालिका, मनाङस्थित उक्त परियोजना बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडेलमा ठेक्का लगाइएको छ । साथै, यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने बताइएको छ ।

परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबिच विद्युत् खरिद बिक्री सम्झौता ०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६५ गिगावाट प्रतिआवर विद्युत् उत्पादन हुने बताइएको छ ।