१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
चेन विहु
२o८२ असार ३ मंगलबार १२:११:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण

सहकार्य र समझदारीको जगमा विकसित हुनुपर्छ चीन–अमेरिका सम्बन्ध

Read Time : > 2 मिनेट
चेन विहु
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १२:११:oo

हालै मेरा एक जना साथीले जब मलाई ‘म अमेरिका समर्थक वा विरोधीमध्ये के हुँ’ भनेर सोधे मैले उनलाई आफू दुईमध्ये कुनै पनि नभएको बताएँ । हुन पनि म कुनै निश्चित देशको विरोधी वा समर्थक होइन । मलाई संयुक्त राज्य अमेरिकाबारे धेरै कुरा मन पर्छ । तर म यसका कैयौं विदेश नीतिको आलोचक बनेको छु । चाइना डेलीको सांघाई ब्युरोमा काम गर्दा मेरा सहकर्मीले मलाई अमेरिकी समर्थक मान्थे । किनभने म सांघाईमा रहेको अमेरिकी वाणिज्य दूतावासमा धेरै कार्यक्रममा भाग लिन्थेँ । त्यसबारे स्तम्भमार्फत आफ्ना विचार राख्थे । त्यही समय ब्रिटिस वाणिज्य दूतावासका कार्यक्रम समेट्ने अर्का सहकर्मीलाई बेलायत समर्थकको रूपमा हेरिन्थ्यो ।

पछि म वासिंटनमा नियुक्त भएँ । त्यहाँ मेरो सांघाईमा काम गरेका कैयौं पूर्वअमेरिकी कन्सुलर जनरलसँग भेट भयो । तिनीहरूमध्ये एकजना अझै पनि विदेश नियोगमा थिए । बाँकी धेरै थिंक ट्यांक र परामर्श कम्पनीसँग सरिक थिए । हामी प्रायः कार्यक्रममा भेट्थ्यौँ र विषयहरूको लामो सूचीमा सहमति वा विमति राख्थ्यौँ । र, उनीहरूले मलाई अमेरिकी विरोधी ठान्दैनन् भन्नेमा म ढुक्क थिएँ । यद्यपि उनीहरूलाई थाहा थियो कि म अमेरिकाको हस्तक्षेपकारी विदेश नीति र इराक र अफगानिस्तानमा वासिंटनको हमलाको प्रखर आलोचक छु । 

अमेरिकी मित्रलाई यो पनि थाहा थियो कि म चीन–अमेरिका असल सम्बन्धको पक्षपाती हुँ । मैले अमेरिकी विद्वान्हरू र चीन मामिला विज्ञहरू– एज्रा भोगेल, जान बेरिस, केनेथ लिबर्थल, जेफ्री बडर, जे. स्टेपलटन रोय र रिचर्ड सोलोमनबारे लेखेका दर्जनौँ प्रोफाइल लेखमा सकारात्मक द्विपक्षीय सम्बन्धबारे धेरै अध्ययन गरेको थिएँ । मैले न्युयोर्क र वासिंटनका थिंक ट्यांक र विश्वविद्यालयमा सयौँ सेमिनारमा भाग लिएँ । म सहभागी भएका पत्रकारितासम्बन्धी तीन फेलोसिपले मलाई अमेरिका र संसारको राम्रो बुझाइ विकास गर्न अनुमति दियो । 

ती वर्षमा माहोल आजजस्तो थिएन । कसैले पनि मेरो तर्कलाई खारेज गरेन, किनकि म चीनबाट गएको थिएँ र चिनियाँ समाचार मिडियामा काम गरेको थिएँ । ब्रुकिङ्स इन्स्टिच्युसनले आफ्ना चिनियाँ विज्ञहरूको प्रोफाइलसहित मेरा लेख आफ्नो वेबसाइटमा प्रकाशित गरेको तथ्यले चिनियाँ पत्रकारप्रति उनीहरूको सम्मान र महŒव दर्साएको देखाउँछ । ती वर्ष त्यस्ता थिए, जहाँ द्विपक्षीय आदानप्रदानको प्रशंसा गरिएको थियो, दानवीकरण गरिएको थिएन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी विद्यार्थीलाई चीनमा अध्ययनका लागि प्रोत्साहित गर्न तत्काल चिनियाँ विद्यार्थी आकर्षित गर्न विशेष पहल सुरु गरे । सन् २०१४ मा चीन र अमेरिकाले १० वर्षे भिसा कार्यक्रममा सहमति जनाएपछि मैले चीन भ्रमण गर्न भिसा प्राप्त गर्ने पहिलो अमेरिकी नागरिकलाई समेटेको थिएँ । येल विश्वविद्यालयका तत्कालीन २३ वर्षीय स्नातक एडमन्ड डाउनी अहिले प्रिन्सटन विश्वविद्यालयमा पिएचडी उम्मेदवार छन् । उनी चीनको जलवायु नीति र डिकार्बोनाइजेसनका विशेषज्ञ हुन् ।

मेरा धेरै अमेरिकी साथीहरू छन्, जसमध्ये केहीलाई म परिवारको रूपमा लिन्छु । मलाई अमेरिकी संगीत र चलचित्र मन पर्छ । मैले केही दिनअघि बेल्जियमको ब्रसेल्समा टम क्रुजको पछिल्लो फिल्म मिसन : इम्पोसिबल द फाइनल रेकनिङ हेरेँ । पछाडि फर्केर हेर्दा धेरै चुनौतीका बाबजुद ती वर्ष चीन–अमेरिका सम्बन्धका लागि हनिमुन अवधिजस्तो लाग्छ । दुर्भाग्यवश, विगतका वर्षमा चीनविरुद्धको उन्मादपूर्ण अभियान र नियन्त्रण नीतिले द्विपक्षीय सम्बन्धलाई गम्भीर रूपमा क्षति पु¥याएको छ । सन् २०२० को डिसेम्बर ३ मा अमेरिकी सिनेटर मार्सा ब्ल्याकबर्नले ट्विटरमा लेखेपछि म रिसाएको थिएँ, ‘चीनसँग ठगी र चोरीको पाँच हजार वर्ष लामो इतिहास छ । केही कुरा कहिल्यै परिवर्तन हुनेछैनन्...।’ उनको यस आरोपले मलाई निकै क्रुद्ध बनाएको थियो । यो केबल गलत जानकारी मात्र थिएन, बरु हाम्रा पुर्खासहित हरेक चिनियाँको अपमान पनि थियो । सन् २००९ को नोभेम्बरमा अमेरिका आइपुगेको दुई हप्तापछि मैले गरेको अन्तर्वार्तामा म म्याकार्थीवादलाई पुनर्जीवित गरेकोमा अमेरिकी प्रशासनसँग रिसाएको थिएँ ।

अमेरिकामा ‘नव–म्याकार्थीवाद’को प्रचारका कारण चीनसम्बन्धी धेरै अमेरिकी विद्वान् मौन छन् । तर, गत साता अमेरिकी द्विमासिक पत्रिका द नेसनल इन्ट्रेस्ट मा ‘रिभर्स किसिंगर ? नो, डबल किसिंगर’ शीर्षक पढेपछि म खुसी भएँ । यो समाचार वासिंटनमा मेरो बसाइका वर्षमा मैले राम्ररी चिनेका चिनियाँ विशेषज्ञ लाइल गोल्डस्टाइनको लेख थियो । लेखमा, गोल्डस्टाइन भन्छन् कि वर्तमान अमेरिकी प्रशासनले चीन र रुस दुवैसँगको तनाव कम गर्नुपर्छ । म गोल्डस्टाइनजस्तै हुँ, जसले राम्रो चीन–अमेरिका सम्बन्धको वकालत गर्छन् । चीन र अमेरिकाले एक–अर्काबाट सिक्न धेरै कुरा छन्, त्यसैले दुवै देशले एकअर्कासँग सहकार्य गर्नुपर्छ । मलाई अमेरिकाको समर्थक वा विरोधी भनेर लेबल लगाउनु बेतुक हो । यो संसारलाई कालो र सेतोको रूपमा हेर्नु र खैरो रंगका धेरै छायासहित अन्य रंग हराउनुजस्तै हो ।

चेन ब्रसेल्सस्थित ‘चाइना डेली’का युरोपेली संघ(इयू) क्षेत्रका व्युरोका प्रमुख हुन् ।