१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
२o८२ असार ३ मंगलबार १२:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा एकजना कालाजारका बिरामी फेला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १२:o२:oo

उदयपुरमा एकजना कालाजारका बिरामी पेला परेका छन् । भुसुनाको टोकाइबाट सर्ने यो रोग परजीवीका कारण सर्दछ । कालाजार औलोपछिको दोस्रो स्थानमा आउने रोगमा पर्दछ ।स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत लौकाजी राईले उदयपुरगढीका एकजना बिरामीमा कालाजार भेटिएको जानकारी दिए । उनले भने, ‘बिरामी परेर जिल्ला अस्पताल गाईघाट आउनुभएको रहेछ । कालाजार पुष्टि भएपछि हामीले अहिले सरकारी अस्पतालमा पठाएर निःशुल्क उपचार गरिरहेका छौँ ।’

विगतका वर्षहरूमा गर्मीको समयमा कालाजारका बिरामी देखापर्ने गरेका थिए । राई भन्छन्, ‘अहिले हामी कालाजारसम्बन्धी सचेतना कार्यक्रम पनि गरिरहेका छौँ।’ विगतमा एक–दुईमा कालाजार देखिने गरेको राईको भनाइ छ । राईले कालाजारका बिरामीलाई सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताए। उनले भने, ‘उहाँको उपचार निःशुल्क भइरहेको छ ।’ फागुन चैत महिनादेखि नै डेंगुका बिरामी अपतालमा खचाखच भरिने गरे पनि यस वर्ष शुन्यजस्तै रहेको बताइएको छ । 

स्वास्थ्यकर्मीका अनुसार कालाजारलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस, ब्ल्याक फिबर वा डमडम फिबर भनेर चिनिन्छ । प्रोटोजोआको लिस्मेनिया वर्गमा पर्ने परजीवीका कारणले हुने यो रोग विभिन्न प्रकारका लिस्मनाइअसिसमध्ये सबैभन्दा गम्भीर प्रकारको रोग हो ।स्यान्ड फ्लाई नामको भुसुनाको टोकाइका कारण यो रोग लाग्ने गर्दछ । परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरूमध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ ।

कालाजार संक्रमण भएपछि परजीवीहरू कलेजो तथा फियोजस्ता भित्री अंगमा सर्ने हुनाले यसलाई अंग्रेजीमा भिसेरल लिस्मनाइअसिस भनिएको हो । यो परजीवी हाडमांसीमा पनि सर्ने गर्दछ । कालाजारको संक्रमण भएपछि उपचार गरिएन भने प्रायः सबै बिरामीको मृत्यु हुन्छ । यो रोगका मुख्य लक्षण तथा चिह्नहरू ज्वरो आउनु, तौल घट्नु, थकान महसुस हुनु, रक्तअल्पता हुनु र कलेजो तथा फियोको आकारमा उल्लेख्य रूपमा वृद्धि हुनु आदि हुन् । भुसुनाको टोकाइबाट बच्न महोत्त्वपूर्ण मानिन्छ ।