१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ३ मंगलबार १o:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, पहिलो दिन रविलाई  एक स्ट्रोकको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १o:५२:oo

रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तर्गत सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन शीर्ष स्थानमा झिनो स्ट्रोकको अग्रता लिएका छन् । गोकर्णं गल्फ कोर्समा सूर्यले साबिक विजेता सुवास तामाङलाई एक स्ट्रोकले पछि परेका छन् । सुवासले चार अन्डर ६८ को स्कोर गरेका छन् । तीन अन्डर ६९ को स्कोरमा एमेच्योर गल्फर निम दोर्जी तामाङ र राहुल विश्वकर्मा तेस्रो स्थानमा छन् । प्रोफेसनल गल्फर भुवन नगरकोटी र धनबहादुर थापा पनि संयुक्त रूपमा तेस्रो स्थानमै रहेका छन् ।

दुई अन्डर ७० स्कोरका साथ नीरज तामाङ र विष्णुप्रसाद शर्मा संयुक्त रूपमा सातौँ स्थानमा छन् । एक अन्डर ७१ स्कोर गरेका दीपक मगर, राम कृष्ण श्रेष्ठ र एमेच्योर वाङ्चेन ढोन्डुपले नवौँ स्थान बाँडे । पूर्वनम्बर एक गल्फर रविले छैटौँदेखि नवौँ होलसम्म लगातार चार बर्डी प्रहार गर्दै फ्रन्ट नाइन चार अन्डर ३२ स्कोर गरेका थिए ।

उनले ब्याक नाइनको १२औँ र १७औँ होलमा समान एक सट बचाए । १३औँ होलको बर्डीले उनी ब्याक नाइन १ अन्डर ३५ स्कोरमा पुगेका थिए । सुवासले फ्रन्ट नाइन १ ओभर ३७ स्कोर गरेका थिए । छैटौँ होलमा बर्डी प्रहार गरे पनि उनले पाँचौँ र सातौँ होलमा समान एक सट खेर फाले । सुवासले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गरे । बोगीरहित ब्याक नाइन खेल्ने क्रममा उनले १०औँ, १२औं र १६औँ होलमा बर्डी प्रहार गरे ।