१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
Invalid date format १o:३२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपाले संसदमा उठाएको विषयमा कुनै आधार छैन : कांग्रेस प्रवक्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उठाएको विषयमा कुनै आधार नभएको बताएका छन् । नेपाल प्रेस युनियन बागलुङले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रास्वपाले जुन विषय उठाएर अहिले संसद् अवरुद्ध गरेको छ, त्यस विषयमा कुनै आधार नभएको बताएका हुन् । 

महतले संसदमा उठेका विषयलाई प्रतिपक्ष र सत्तापक्षले साझा ढंगले छलफल गरी निचोड निकाल्नुपर्ने बताए । उनले संसदमा कुनै पनि दलको एकल बहुमत नपुग्ने हुँदा गठबन्धन आवश्यक रहेको बताए । ‘गठबन्धनलाई सफल बनाउनका एक–अर्काको दृष्टिकोणलाई स्वीकार गर्ने मानसिकता बनाउन आवश्यक छ । अहिले कांग्रेस एमालेको दृष्टिकोण मिलेको छ महतले भने, ‘दृष्टिकोण समान भएका कारण सरकार पनि सहज ढंगले सञ्चालन भएको छ, अहिलेको सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने आवश्यक रहेको छ । 

पूर्वअर्थमन्त्री तथा पराराष्ट्रमन्त्रीसमेत रहेका महतले देशको साधन स्राेतलाई सही सदुपयोग गर्ने र प्राथमिकताका आधारमा खर्च गर्नेकै लागि सरकारले लय प्रकट गर्न जरुरी रहेको बताए । ‘अहिले बजेट आएको छ । अझै बोल्ड आउनुपर्थ्यो भन्ने  मेरो आशय हो, महतले भने, ‘बजेटमा प्राथमिकीकरण गरेर योजना बनाउँदा अझै प्रभावकारी बताउन सकिन्छ, अर्को भनेको आर्थिक अनुशासनको अत्यन्त ठुलो खाँचो छ । यसलाई पनि आत्मसात् गरौँ ।’

उनले देशको आर्थिक रूपान्तरण सम्भव भएको बताए। ‘युवाहरू अहिले आइटीमा आकर्षण भएका छन्। यस क्षेत्रमा लागेर विदेशमा सफ्ट्वेयर निर्यात गरेर ठुलो आम्दानी देशमा भित्र्याएका छन्, कृषि, पर्यटन, जलविद्युतको सम्भावना छ। यसले पर्यटनसँगै आर्थिक क्षेत्रको विकासमा पनि मद्दत पुर्‍याएको छ । महतले राजनीतिक नेतृत्वले खाली राजनीतिक लोकप्रियतामा भन्दा पनि दीर्घकालीन आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्ने बताए। उनले कांग्रेस सबैभन्दा पुरानो र लोकप्रिय पार्टी भएको र पछिल्लो समयमा व्यक्तिमा हाबी भएको हुँदा सीमाभन्दा बाहिर गएको बताए। अब एकजुट हुनुपर्ने उनको भनाइ छ । उनले धौलागिरि र गण्डकी क्षेत्र पर्यटन र कृषिमा सम्भावना भएको ठाउँ रहेको बताए।